काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।
पछिल्लाे मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १७ हजार ५ सय ६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन्।
उनले ४३ हजार १ सय ६२ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले २५ हजार २ सय ६८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ५ सय ९९ मत प्राप्त गरेका छन्।
त्यसैगरी एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले ४५ हजार ८ सय ७५ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन्।
काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो।