झापाकाे गौरीगंज गाउँपालिकामा वडा नं -२, ३ र ४ काे मत परिणाम सार्वजनिक भएकाे छ।
निर्वाचन कार्यलय गौरीगंजले सार्वजनिक गरेकाे मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रकाे मिश्रित परिणाम आएकाे गौरीगंजका निर्वाचन प्रमुख भेषराज काेइरालाले जानकारी दिए।
गौरीगंज गाउँपालिकामा गठबन्धन नगरी राजनीतिक दलहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए।
हालसम्मकाे मत परिणामलाई हेर्दा माओवादी केन्द्रले एक वडाध्यक्ष र २ सदस्यमा जित निकालेकाे छ।
नेपाली कांग्रेसले एक वडाध्यक्ष सहित ८ सदस्यमा जित निकालेकाे छ। नेकपा एमालेले एक वडाध्यक्ष सहित २ सदस्यमा जित निकालेकाे छ।
वडा नं -२ काे वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका किनालाल राजवंशी ८ सय ६७ मतका साथ निर्वाचित भएका छन्।
राजवंशीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अघनु प्रसाद राजवंशीले ८ सय १९ मत पाएका छन्।
वडा नं -२ मा महिला सदस्यमा नेपाली कांग्रेसकी रीता तामाङ ८ सय ८२ मत, दलित महिला सदस्यमा कांग्रेसकि रिंकुदेबि रामले ८ सय १९ मत, सदस्यमा कांग्रेसका लाेकेन्द्र प्रसाद सिंह ताजपुरियाले ८ सय ८४ मत र नेत्रबहादुर राजवंशीले ९ सय ३६ मत पाएर निर्वाचित भएका छन्।
वडा नं -३ काे वडाध्यक्षमा नेपाली कांग्रेसका श्रवण गिरी ८ सय १२ मतका साथ निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका निलहरि काफ्लेले ८ सय ५ मत ल्याएका छन्।
महिला सदस्यमा नेकपा एमालेकी सर्मिला राजवंशीले ९ सय १३ मत, दलित महिला सदस्यमा एमालेकी मिनादेबि पासवानले ८ सय ४२ मत, सदस्यमा नेपाली कांग्रेसका सुशील राईले ८ सय १० मत र कांग्रेसका गंगा प्रसाद राजवंशीले ७ सय ५७ मत ल्याएर निर्वाचित भएका छन्।
वडा नं -४ काे वडाध्यक्षमा नेकपा एमालेका फेकाप्रसाद गिरी ५ सय ८२ मतका साथ विजय भएका छन्।
उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुलप्रसाद गिरीले ५ सय ६६ मत पाएका छन्।
महिला सदस्यमा कांग्रेसकी रेखा कुमारी राजवंशीले ४ सय ७० मत, दलित महिला सदस्यमा माओवादी केन्द्रकि रुकमणी ऋषिदेबले ४ सय ७० मत, सदस्यमा माओवादी केन्द्रका राम प्रसाद राजवंशीले ४ सय ९९ मत र नेपाली कांग्रेसका पदम कुमार श्रेष्ठले ४ सय ४८ मत पाएर विजयी भएका छन्।
गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसकी फुलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पुजन न्यौपाने कुवँर हालसम्म अग्र स्थानमा छन्।