काठमाडौं-३१ मा एमाले विजयी

काठमाडौं महानगरको वडा नम्बर ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका सरोज ढकाल ४ हजार ७६७ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रानाले २ हजार ९९१ मत पाए।

वडाको खुल्ला सदस्य एक जना भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ।

कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ।

प्रकाशित मिति: : 2022-05-21 21:15:00

प्रतिकृया दिनुहोस्