धरान उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राई भन्दा २६६७ मतले अगाडि रहेका छन्।
हर्क साम्पाङले १५०७७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने किशोर राईले १२ हजार ४१० मत प्राप्त गरेका छन्। नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुबेदीले १० हजार ११२ मत प्राप्त गरेकी छिन्।
यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १४९७९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने नेकपा एमालेका उम्मेदवार पदम इस्वोले १३ हजार ७२६ मत प्राप्त गरेका छन्। अहिले वडा १५ र १६ को गणना भइरहेको छ भने १७ को गणना गर्न बाँकी छ।