भरतपुर महानगरमा रेनु दाहालको फराकिलो अग्रता कायमै

File Photo
File Photo

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले झन फराकिलो अग्रता कायम गरेकी छिन्।

पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ७३३ मतले अगाडि देखिएकी छन्। ७६ हजार ९५ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २९ हजार ४७८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत ल्याएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार३३४ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १८ हजार ४०१ मत ल्याएकी छिन्।

प्रकाशित मिति: : 2022-05-21 14:25:00

प्रतिकृया दिनुहोस्