भारतीय मिडियामा छाए बालेन शाह

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ काठमाडौं महानगरको मेयर पद हत्याउन तीव्र दौडमा छन्। चुनावी मैदानमा उत्रिएका अरू स्वतन्त्र तथा दलीय उम्मेदवारहरू उनीभन्दा निकै पछाडि देखिन्छन्।

३१ वर्षीय बालेन स्थानीय तहको निर्वाचन अघिदेखि नै चर्चामा छन्। मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेलगतै काठमाडौंमा समर्थक–प्रशसंक दिनदिनै थपिए। उनले अन्ततः काठमाडौं चुनावी मैदानमा सानदार प्रदर्शन गरिरहेका छन्।

गठबन्धन वा एकल प्रयासमा चुनावी दौडमा उत्रिएका कांग्रेस, एमाले, राप्रपा र विवेकशीलका उम्मेदवार नपत्याउँदो ढंगले बालेनद्वारा पछिपछि परेका छन्। उनको चर्चा स्वभाविक रूपमा चारैतिर छ।

उनै बालेनको भारतीय चर्चित दैनिक पत्रिका भास्करले सटीक चर्चा गरेको छ। ‘काठमांडूः कर्नाटक से इंजीनियरिंग करने वाले बालेन लोकप्रिय’ देश–विदेश पृष्ठमा दैनिक भास्करले उल्लेख गरेको छ। उनी उतिकै चलेका हिपहप गायक पनि हुन्।

उनी गायन, इन्जिनियरिङ र उम्मेदवारका रूपमा पछिल्लो समय सर्वाधिक चर्चामा छन्। निर्दलीय चुनाव लडेका बालेनलाई भारतको कर्नाटकबाट इन्जिनियरिङ सकेको पनि पत्रिकाले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-21 09:37:00

प्रतिकृया दिनुहोस्