विराटनगरको मेयरमा कांग्रेस विजयी, उपमेयरमा एमाले

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा (एमाले) की शिल्पा निराला कार्की विजयी भएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले ३० हजार १७० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन्।

उममेयरमा भने एमालेकी कार्की २५ हजार ६८० मत सहित विजयी बनेकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरेका छन्। अमरेन्द्र जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

प्रकाशित मिति: : 2022-05-21 06:31:00

प्रतिकृया दिनुहोस्