काठमाडाैँमा बालेनकाे फराकिलो मतान्तर

काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्।

सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३१ हजार ४ सय ५९ मत प्राप्त गरेका छन्।

उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ६ सय ९१ मत प्राप्त गरेका छन्।

बालेन र स्थापितको मतान्तर १४ हजार ७ सय ६८ रहेको छ। त्यस्तै कांग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ४ सय ८२ मत पाएकी छिन्।

प्रकाशित मिति: : 2022-05-21 05:34:00

प्रतिकृया दिनुहोस्