रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन्।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५हजार ६३१ मत ल्याई विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन्। पराजित बसी उल्लाह मुसलमानले ४हजार ३८८ मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार माधुरी जैसबाल ४,७५७ मत सहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मन्जु न्यौपानेले ४,६५९ मत ल्याएकी छन्।
९ वटा वडा रहेको गैडहवामा वडा नम्बर एक बाट एमालेका प्रदीप कुमार चौधरी ९ सय १ मतले निर्वाचित भएका छन्। यस्तै वडा नम्बर २मा जनमत पार्टीका सराजुद्दीन धुनिया ५ सय ७८, वडा नम्बर ३ मा स्वतन्त्रबाट ५ सय १० मत ल्याई राम अजोर यादव निर्वाचित भएका छन्।
वडा नम्बर ४ बाट नेपाली कांग्रेसका सुरेन्द्र सिंह कुर्मी ५ सय ५५मतले, वडा नम्बर ५बाट नेपाली कांग्रेसकै विजय कुमार शर्मा ८ सय ६४ मतले, बडा नम्बर ६बाट नेपाली कांग्रेसकै राज कुमार लोध ५ सय ८९ मतले, वडा नम्बर ७बाट जनमतका लाल बहादुर केवट ७ सय १ मतले , वडा नम्बर ८ बाट नेकपा एमालेका भुवन बहादुर राना मगर ८ सय ६९ मतले र वडा नम्बर ९ मा नेकपा एमालेकै मिना क्षेत्री ५ सय ९६ मतले निर्वाचित भएका छन्।
३० हजार ३ सय ५१ मतदाता रहेको गैडहवामा २३ हजार ६ सय ६२ मतदाताले मतदान गरेका थिए।