पथरी शनिश्चरेको मेयर र उपमेयरमा एमाले निर्वाचित

photo: Ishwor Sharma
photo: Ishwor Sharma

मोरङ पथरी शनिश्चरे नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले निर्वाचित भएको छ।

सार्वजनिक गरिएको परिणाम अनुसार मेयरमा मोहनप्रसाद तुम्वापो र उपमेयरमा देवीमाया काफ्ले विजयी भएका हुन्।

एमालेबाट मेयरका उम्मेदवार तुम्वापोले १२९५६ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार देवीमाया काफ्ले ११७४७ मत पाएकी छन्।

त्यसैगरी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नगेन्द्रप्रसाद लिम्बुले १११४६ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार कविता पराजुलीले ११३९० मत ल्याएकी छन्।  

प्रकाशित मिति: : 2022-05-20 19:26:00

प्रतिकृया दिनुहोस्