कांग्रेसको विजय जुलुसमा जाँदा भिरबाट लडेर गम्भीर घाइते

File photo
File photo

जुम्लाकाे पानी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको भन्दै विजयी र्‍यालीमा निस्किएका एकजना लडेर गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा गाँउपालिका–२ तातोपानीका नन्दु कठायत रहेका छन्।

कांग्रेसले जितेकोमा खुसियाली मनाउँदै विजय र्‍यालीमा निस्किएका कठायत बाटोको छेउबाट खसेर ५० मिटर तल झरेकापछि घाइते भएका थिए। 

उनकाे दुई दिनयता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखेर उपचार भइरहेको छ।

३५ वर्षीय कठायतको आर्थिक अवस्था समेत कम्जोर हुँदा स्थानीय छरछीमेकीले सहयोग रकम संकलन गरी उपचार गराइरहेको आफन्त जगत डाँगीले बताए।

नन्दुको टाउको र मेरुदण्डमा गम्भीर चोट भएकोले अहिले आइसियुमा राखि उपचार गराइरहेकाे प्रतिष्ठानका निर्देशक डा. पुजन कुमार राेकायाले बताए। 

उनले भने, 'उहाँकाे अवस्था चिन्ता जनक छ। हामीले सकेकाे गरिरहेका छाैं।'

प्रकाशित मिति: : 2022-05-20 12:22:00

प्रतिकृया दिनुहोस्