नेपालगञ्ज उपमहानगरको मेयरमा कांग्रेस, उपमेयरमा जसपा विजयी

File Photo
File Photo

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्।

प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए। उनी २३ हजार ४६० मत ल्याएर निर्वाचित भएका छन्। एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाएका छन्।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी भए। उनले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी भएका छन्।

ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकामा कूल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो। उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो।

२३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, कांग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ। बाँकेमा हालसम्म तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ।  दुई गाउँपालिकामा कांग्रेस र एउटामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। 

प्रकाशित मिति: : 2022-05-20 10:32:00

प्रतिकृया दिनुहोस्