भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्। ५४ हजार २६४ मतगणना हुँदा उनले ३ हजार २४४ मतान्तर कायम गरेकी छन्।
गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४४० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार १९६ मत पाएका छन्।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७७९ मत पाएका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९०८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६६० छ।
अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ।