सहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)लाई आफ्नो पार्टीमा आउन आग्रह गरेकी छन्।
प्राराइम टाइम् टेलिभिनकाे एक कार्यक्रममा चुनाव जितेपछि बालेनलाई पार्टी चाहिने बताउँदै झाँक्रीले भनिन्,‘म त भन्छु चुनाव जितिसकेपछि समाजवादी पार्टीमा सँगै यात्रा गरौं। आउनुभयो भने एकदम स्वागत गर्न चाहान्छु र सफल भएको पनि हेर्न चाहान्छु।’
उनले काठमाडौंको नजिता दलहरुलाई सच्चिने मौका भएको बताइन्। बेलैमा जनताले संकेत दिएको बताउँदै नसच्चिए आसन्न निर्वाचनमा दलहरुलाई ठूलो नोक्सान हुने संकेत समेत उनले गरेकी छिन्।