ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मतगणना सकिँदा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता थप फराकिलो बनाएका छन्।
उनी नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजारभन्दा बढी मत अन्तरले अघि छन्।
निवर्तमान मेयरसमेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन्। राप्रपाका अष्ट महर्जनले १ हजार ९७० मत पाएका छन्।