तुलसीपुरको मेयरमा गठबन्ध, उपमेयरमा एमालेको अग्रता    

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरीले अग्रता कायमै राखेका छन्।   

पछिल्लो १४ हजार ५४० मत गणनाको मतपरिणाम अनुसार गिरीले एमालेका टिकाराम खड्का भन्दा २ सय २९ मतको अगाडि छन्। 

उनले ६ हजार २३२ प्राप्त गरेका छन भने एमालेका खड्काले ६ हजार ३ मत ल्याएका छन्।  उपप्रमुखमा भने एमालेकी स्यानी चौधरी फराकिलो मतान्तरले अगाडि छन्। 

चौधरीले  ५ सय ८३ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाउँदै गएकी छन् । चौधरीले ५ हजार ६५५ मत प्राप्त गरेकी छिन्। 

उपप्रमुखमा गठबन्धनबाट नेकपा एसका रानाले ४ हजार ९२५ मत ल्याएका छन्। एमालेकी चौधरी एसका रानाबीच ७ सय ३० को मतान्तर छ ।

प्रकाशित मिति: : 2022-05-19 21:45:00

प्रतिकृया दिनुहोस्