अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित

File photo
File photo

हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए। 

हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन्। जसमा प्रमुखमा १७४ जना, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ६५६ जना  र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका प्रवक्ता पौडेलले बताए। 

३५ हजार २२१ पदमध्ये हालसम्म करिब ८० प्रतिशत स्थानको मतगणना सम्पन्न भइसकेको उनको भनाई छ। ५ जेठभित्रमा मतगणना सम्पन्न गर्न आयोगले यसअघि नै निर्देशन दिएको थियो। तर, मतगणना नसकिएका स्थानमा बढीभन्दा बढी जनशक्ति परिचालन गरेर मतगणना गर्न आयोगले निर्देशन पनि दिएको छ। 

प्रकाशित मिति: : 2022-05-19 17:03:00

प्रतिकृया दिनुहोस्