पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए।

कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे।

तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन्। जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मानको रुपमा अर्थ्याइएको छ।

एक हजार ५२६ मतान्तरले पराजित भएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई दिएका हुन्।

थापा १४ हजार ७५८ मत ल्याएर निर्वाचित हुँदा ढुंगेल १३ हजार २३२ मत पाएर पराजित भए। तर, आफूलाई मत दिने मतदाताप्रति ढुंगेलले आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-19 15:04:00

प्रतिकृया दिनुहोस्