लालबन्दीमा कांग्रेस विजयी, गठबन्धन तेस्रो स्थानमा  

सर्लाहीको लालबन्दीमा एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेसले बाजी मारेको छ। गठवन्धनका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन्। 

मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी भएका हुन्। 

उनले ९ हजार ५६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत मात्र पाए।

उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी भएकी हुन्। 

उनले ८ हजार ८५० मत पाउदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गरिन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो। तर, गठबन्धनका उम्मेदवार तेस्रोमा झरेका छन्।

माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुडाथोकीले ६ हनार १७५ र  एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्दप्रसाद अधिकारीले ३ हजार ६४१ मत प्राप्त गरे । एसवी थापा 

प्रकाशित मिति: : 2022-05-19 10:41:00

प्रतिकृया दिनुहोस्