भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन्।
३१ हजार ६९३ मतगणना हुँदा उनले २ हजार १९८ मतको अग्रता लिएकी छन्।
रेनुले ११ हजार ७१६ मत पाउँदा एमालेका विजय सुवेदीले नौहजार ५१८ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५ हजार १४७ मत पाएका छन्। भरतपुर महागरपालिकामा अहिले ७ र ८ नम्बर वडाको मतगणना नभइरहेको छ।