शंखरापुर नगरपालिकामा राप्रपाका रमेश विजयी 

शंखरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित विजयी भएका छन्।

उनी ४७०० मत ल्याएर विजयी भएका हुन्। त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी)श्रेष्ठले ४२०२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सीता निरौलाले बताइन्।

नेकपा (एमाले) का कृष्णलाल बजगाईँले ३६२२ मत पाएका छन् भने नेकपा (माओवादी केन्द्र) का मधु केसी नीरजले २२२२ मत ल्याएका छन्।

त्यसैगरी जनता समाजवादी पार्टीले ९२ मत मात्र प्राप्त गरेको छ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठ विजयी भएकी छन्। उनले ६३६२ मत प्राप्त गरिन्।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइबाले ३२९८ मत पाइन्।

शंखरापुरमा कांग्रेस र समाजवादीको गठबन्धन थियो।

वडाध्यक्षमा क्रमशः १ बाट एमालेका बाबुराम दंगाल, २ मा कांग्रेसका रनबहादुर तामाङ, ३ मा राप्रपाका सूर्य तामाङ, ४ मा कांग्रेसका सोनाम तामाङ, ५ मा एमालेका शेरगम्भीर थापा, ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ, वडा नं ७ पनि राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ, ८ मा कांग्रेसका पोते थिङ र वडा नं ९ मा पनि कांग्रेसकै सहदेव श्रेष्ठ निर्वाचित भएका छन्।

यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो। सो निर्वाचनमा पाँच वटा वडा पनि एमालेले जितेको थियो।
 

प्रकाशित मिति: : 2022-05-18 12:35:00

प्रतिकृया दिनुहोस्