भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छन्।
भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेकी छन्।
नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८ हजार २५८ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेका छन्।
भरतपुर महानगरपालिकामा हालसम्म २७ हजार ४३८ मतगणना भएको छ।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ।