काठमाडाैं महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ।
उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६४७ मतले पछि पार्दै उनी आफ्नो प्यानलसहित विजय भएका हुन्।
त्यसैगरी सदस्यमा एमालेको तर्फबाट कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ विजय भएका छन्।
महिला सदस्य सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजय भएकाे जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ।
हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ।
अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ। वडा नं १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ।
परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा जनप्रतिनिधिको प्यानलै विजय भएका छन्।
त्यसैगरी प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुख पदका लागि एमालेको उम्मेदवार सुनिता डङ्गोलले आफ्नो अग्रता कायम राखेकी छन्।