सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा २२ घण्टादेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन।
वडा नम्बर ५ गुन्सामा मतगणनाका क्रममा विवाद भएपछि मतगणना कार्य रोकिएको हो। निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसक्दा त्यहाँ मतगणना सुरु हुन सकेको छैन।
मतगणना सकिँदा एमाले ९ मतले अगाडि देखियो। १२ सय ३ मत अर्धकट्टी छ भने ढ्वाङमा १२ सय मात्र मत देखिएपछि त्यहाँ विवाद भएको हो। ३ मतपत्र हराएपछि कांग्रेसको विरोधमा रोकिएको मतगणना सुरु हुन सकेको छैन। वडा नं। ४ सम्म भने मतगणना सम्पन्न भइसकेको छ।
वडा नं.१ , ३ नेकपा कम्युनिष्ट पार्टी एमाले ,वडा नं. २ मा नेपाली काग्रेस , वडा नं. ४ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै छ।
माओवादी र काग्रेस गठबन्धनका उम्मेद्वार दोस्रो क्रममा छन्। जिल्लामा ८ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने मेलम्ची, लिसंखु र सुनकोसीको गणना अन्तिम चरणमा पुगेको छ।
मेलम्ची नगरपालिका र सुनकोसीमा कांग्रेसको अग्रता कायमै छ भने लिसंखुपाखरमा माओवादीको अग्रता देखिन्छ। यसअघि कांग्रेसले हेलम्बु, भोटेकोशी, त्रिपुरासुन्दरी, बाह्रविसेमा, एमालेले इन्द्रावती र माओवादीले बलेफी, चौतारा र जुगमा पालिका प्रमुख जितिसकेको छ।