भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल

File Photo
File Photo

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ।

गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर १ हजार ३९३ पुगेको छ।

दाहाल ९ हजार ४४७ मतका साथ अग्रस्थानमा छिन भने सुवेदी ८ हजार ५४ मतका साथ पछ्याइरहेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार २६५ मतका साथ तेस्रो स्थानमा छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले छ हजार ५७७ मत प्राप्त गरेकी छिन्।

हाल भरतपुर महानगरपालिका– ६ को मतगणना जारी छ। वडाध्यक्षमा गठबन्धनका  तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ २ हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले १ हजार ७६१ मत प्राप्त गरेकी छन्। यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्।

भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ। यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ। इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ।

प्रकाशित मिति: : 2022-05-18 08:39:00

प्रतिकृया दिनुहोस्