रुकुमको भुमेमा माओवादी केन्द्र विजयी

रुकुम पूर्वको भुमे गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। 

माओवादी केन्द्रका उम्मेदवार होमप्रकाश श्रेष्ठले ३९७५ मत ल्याएर विजयी भएका छन्। 

राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ५६ मत पाएका छन् भने मङगोल नेशनल अर्गनाइजेशनका उम्मेदवारले ५०३  मत ल्याएका छन्।

त्यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार सबिना बुढा मगरले ३९५१  मत ल्याएर विजयी भएकी छन् भने एमालेका उम्मेदवारले १३५५ मत प्राप्त गरेका छन्।

भुमे गापामा ११३५२ मतदाता रहेकोमा जम्मा ७७१० मत खसेको थियो। जसमध्ये पूर्ण बदर मत २७० रहेको छ।

 

प्रकाशित मिति: : 2022-05-17 19:57:00

प्रतिकृया दिनुहोस्