भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्। २५ हजार ३ सय ५८ मत गणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएकी छन्।
उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७ हजार ८ सय ९२ मत ल्याएका छन्। उनी दाहालभन्दा १ हजार १ सय १९ मतले पछाडि छन्।
अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १ सय १२ मत ल्याएका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७ सय ७४ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ६ हजार ४ सय ५४ मत ल्याएकी छन्।