काठमाडौंमा ‘बालेन क्रेज’को अर्थ

काठमाडौंले ‘बाहिर’का लाई स्वीकार गर्दैन भन्ने भाष्यविरुद्ध काठमाडौंवासीका मूर्त अभिव्यक्ति हुन् बालेन

नयाँ पत्रिका दैनिक

धर्मेन्द्र झा

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्मको मत परिणामका आधारमा भन्नुपर्दा यसपटक ‘स्वतन्त्र’ उम्मेदवारको उपस्थिति सशक्त देखिने अनुभव गरिएको छ ।

मतगणनाको सम्पूर्ण कार्य सम्पन्न गर्न अझै कति दिन लाग्ने हो, यकिनसाथ केही भन्न सकिने अवस्था छैन । मतगणना प्रक्रिया जति–जति अगाडि बढ्छ, हालको अवस्थामा परिवर्तन पनि आउन सक्छ ।

यहाँ हालसम्मको मतगणनाका आधारमा सतहमा पोखिएको ‘स्वतन्त्र’ प्रवृत्तिबारे चर्चा गर्ने प्रयास गरिएको छ । त्यसो त निर्वाचन सम्पन्न भएका सात सय त्रिपन्न स्थानीय तहबारे अहिल्यै निष्कर्ष निकाल्ने प्रयत्न गर्नु निश्चय पनि हतार हुनेछ ।

मतगणनाको गति हेर्ने हो भने केही अपवादबाहेक अहिले जेजति परिणाम प्राप्त भइरहेका छन् तिनलाई प्रारम्भिक मान्दा नै उपयुक्त हुन्छ । मत परिणामको अवस्था प्रारम्भिक नै भए पनि यसबाट केही संकेतको बोध भने अवश्य गर्न सकिन्छ र गर्नु पनि पर्छ ।

प्रकाशित मिति: : 2022-05-17 14:36:00

प्रतिकृया दिनुहोस्