माइजोगमाई गाउँपालिका-१ को अध्यक्षमा एमालेका उम्मेदवार यामकुमार कार्की निर्वाचित भएका छन्।
मत बराबर आएपछि गोला प्रथाबाट उनी अध्यक्ष चयन भएका हुन्।
माइजोगमाई-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका टेकबहादुर शाह र कार्कीले समान एक हनार ८४ मत प्राप्त गरेका थिए।
बराबरी मत ल्याए पनि उम्मेदवारलाई गोला तनाइएको थिएन। गोला नगरी अन्य वडाको मत गणना भइरहेको थियो।
अन्तिम नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले बराबरी भएको वडाध्यक्ष टुङ्गो लगाएर मात्रै वडा नम्बर ६ को मत गणना गर्नुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए।
सत्तारुढ गठबन्धनको निवेदनपछि मत गणना राेकिएकाे थियाे। वडा नम्बर १ को वडाध्यक्षको टुङ्गो लागेपछि अब वडा नम्बर ६ को मत गणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।