तिलोत्तमाकाे मतगणनामा धाँधली भएको भन्दै कांग्रेसकाे विरोध, गणना स्थगित

बिएल संवाददाता

रुपन्देही   
file photo
file photo

तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ। मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो।

तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २ को मतगणना रोकिएको हो।

मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्न गएकाले वास्तविक तथ्याङ्क हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए। अहिले मतगणनास्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति: : 2022-05-17 13:08:00

प्रतिकृया दिनुहोस्