काठमाडाैँ महानगर : मेयरमा बालेन र उपमेयरमा डङ्गोलकै अग्रता कायम

file photo
file photo

काठमाडाैँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र साह (बालेन) र उपप्रमुख पदमा सुनिता डङ्गोलको अग्रता जारी रहेको छ।

हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिएका साहले १० हजार ८९९ मत ल्याएर आफ्नो अग्रता कायम राखेका छन्।

उपप्रमुखमा भने नेकपा एमालेका डङ्गोलले १० हजार ४७७ मत प्राप्त गरी अग्रस्थानमा रहेकी छन्। त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले ५ हजार ८४१ र नेपाली कांग्रेसका सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ३ हजार ४८ मत प्राप्त गरेका छन्।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ। अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ।

वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ। हाल कामपामा २५ हजार ९४ मतणाना भइसकेको छ। जसमा ८८२ मत बदर भएको छ।

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ।

प्रकाशित मिति: : 2022-05-17 12:59:00

प्रतिकृया दिनुहोस्