नौकुण्ड गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

onlinekhabar
onlinekhabar

रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ।

अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सिर्जना लामाले ३०९७ मत प्राप्त गरिन्।

उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित भए। उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाए। 

अन्तिम परिणामअनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, २ मा एमालेका ङाफु याल्बो थोक्रा, ३ मा एमालेका नोकेन्द्रदेव मोक्तान, ४ मा कांग्रेसका ज्ञानी वाइबा, ५ मा कांग्रेसका श्यामबहादुर थिङ र वडा नम्बर ६ मा एमालेका योनुर्पु तामाङ विजयी भए।

२०७४ सालको निर्वाचनमा पनि अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले विजयी भएका थिए। 

प्रकाशित मिति: : 2022-05-17 12:32:00

प्रतिकृया दिनुहोस्