ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायम रहेको छ।
पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले ९६९८ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४३८० मत पाएका छन् भने राप्रपाका अष्टबहादुर महर्जनले ८७२ ल्याएका छन्।
त्यसैगरी उपप्रमुखमा एमालेकी मञ्जलीले ४८९१ मत पाएकी छन् भने नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले ३३६६ मत पाएका छन्। त्यस्तै राप्रपाका स्वर्णीमा शाक्यले १५८८ मत ल्याएका छन्।