निर्वाचन परिणाम आइरहँदा बाबुराम भट्टराईले भने- जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन् 

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन्।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ- जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्!’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

सत्तामा शुन्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदातालाई मत दिएको दाबी उनले गरेका छन्। जनतासँग विकल्प नहुँदा यस्तो अवस्था सृजना भएको उनले जनाएका छन्।

‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शुन्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुरबाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन्! दुःखद कुरा विकल्प पनि छैन!’, उनले भनेका छन्।

७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा. भट्टराईको पार्टी जसपाले हालसम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ।

प्रकाशित मिति: : 2022-05-17 10:47:00

प्रतिकृया दिनुहोस्