काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह ‘बालेन’ले १५ हजार मत कटाएका छन्।
पछिल्लो मतपरिणामअनुसार शाहले १५ हजार ४ सय २ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ८ हजार २ सय ८८ मत पाएका छन्।
कांग्रेसकी सिर्जना सिंहले ७ हजार २ सय ९० मत पाएकी छन्।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन्। उनले १२ हजार १ सय ५७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६ सय १४ मत पाएका छन्।