बिएल संवाददाता
हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ। धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन्।
हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए,आइरन, कपर र पोटासियम हुन्छ। हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन्।
हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ। मुटुरोग, पेट दुख्ने समस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएको रिसर्चहरूले दाबी गर्ने गएका छन्।
हरियो खुर्सानीमा एन्टीअक्सिडेन्ट हुन्छ।जसले शरीरलाई बाह्य किटाणुहरूको आक्रमणबाट बचाउछ र प्रोटेस्ट ग्रन्थीको समस्यालाई पनि टाढा भगाउछ।
हरियो खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न महत्वपूर्ण भूमिका खेल्छ। यदि कसैलाई मधुमेह भएको छ भने हरियो खुर्सानीको सेवनले फाइदा हुन्छ।
हरियो खुर्सानीमा फाइबरको मात्रा हुन्छ जसले कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक छ। हरियो खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ।
राति सुत्ने समय भन्दा केही पहिला २ ३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट काट्ने र एक ग्लास पानीमा भिजाएर राख्ने अनि बिहान उठेर त्यसको सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने कतिपय अध्ययनहरूले पुष्टि गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया