भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ५५ मतले पछाडि पार्दै विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार भरतपुरकाे मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेका सुवेदीले ४ हजार ५५० प्राप्त गरेका छन्।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ४९५ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ९९८ मत पाएका छन्।
त्यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुख पदको उम्मेदवार चित्रसेन अधिकारी ५ हजार ३१३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३ हजार ६२२ प्राप्त गरेका छन्।