दाङको घोराही उपमहानरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ।
जसमध्ये ३ वटा वडामा एमाले र १ वटा वडामा गठबन्धनले विजयी प्राप्त गरेकाे छ।
घोराही १, १४ र १८ मा एमालेले विजयी प्राप्त गरेको छ भने १९ नं वडामा भने गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञानबहादुर सायमाझी विजयी भएका छन्।
नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार हर्कबहादुर घर्तीलाई पछि पादै उनी १७६९ मत ल्याएर विजयी भएका हुन्।
वडा सदस्यहरुमा जागेश्वर घर्तीमगर, खड्कबहादुर घर्तीमगर, मञ्जु सुनार र हुकमी घर्ती विजयी भएका छन्।
यस्तै वडा नं १ मा भने नेकपा एमालेका राममणी पोडेले १५९२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट माओवादी केन्द्रका मेघबहादुर खड्काले ४१४ मत पाएका छन्।
वडा सदस्यमा एमालेकै छविलाल घर्ती, मदनकुमार न्यौपाने, जीवाकुमारी सुनार, सुगाकुमारी डाँगी विजयी भएका छन्।
वडा नं १४ मा एमालेका भानसिंह बुढा १५२५ मत पाएर वडाध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी दिलकुमारी बुढा मगरले १२१५ मत ल्याएकी छन्।
वडा सदस्यमा भने एमालेका रचना कुमाल, पुष्पा परियार रावत क्षेत्री, नेपाली कांग्रेसबाट जुनकुमारी बुढा र टिकाबहादुर श्रेष्ठ विजयी भएका छन्।
वडा नं १८ मा एमालेका भरतमणी अर्यालले १६५७ मत ल्याएर जितेका छन् भने कांग्रेसका मधुसुधन अधिकारीले १५५७ मत प्राप्त गरेका छन्।
१८ को वडा सदस्यमा एमालेबाट लैला चौधरी, दिपा नेपाली, कांग्रेसका किरण पोख्रेल र माओवादी केन्द्रका टिकाराम थापा विजयी भएका छन्।
दाङमा कुन पार्टीले कहाँ–कहाँ जिते?
नेकपा एमाले
१) राममणी पाण्डे (घोराही–१)
२) भानसिंह बुढा (घोराही–१४)
३) भरत अर्याल (घोराही–१८)
४) डम्बर खत्री (दंगीशरण–२)
५) कमल थारु (दंगीशरण–४)
६) निरज बस्नेत (दंगीशरण–५)
७) प्रेमबहादुर डाँगी (बबइ–१)
८) मानबहादुर केसी (बबइ–३)
९) टंकबहादुर वली (बबइ–४)
१०) सूर्यप्रसाद चौधरी (राजपुर–१)
११) गेमे खड्का (राप्ती–१)
१२) चन्द्रबादुर गुरुङ (राप्ती–८)
नेपाली कांग्रेस
१) ज्ञानबहादुर रायमाझी (घोराही–१९)
२) रमेश भण्डारी (दंगीशरण–१)
३) मुकलाल चौधरी (दंगीशरण–३)
४) विष्णु कवर (बंगलाचुली १)
५) मैते पुन मगर (बंगलाचुली २)
६) डास बहादुर डाँगी (बंगलाचुली ४)
७) डोमबहादुर केसी (बंगलाचुली ६)
८) टंकबहादुर वली (बबइ–२)
९) ओमप्रकाश यादव (राजपुर–२)
१०) दामोदर पौडेल (लमही–१)
११) भेषबहादुर केसी –लमही–९)
माओवादी केन्द्र
१) शोभाराज विश्वकर्मा (बंगलाचुली ३)
२) लिलाबादुर घर्ती (बंगलाचुली ५)
३) गिरबहादुर थापा (बंगलाचुली ७)
४) अविन्द्रबादुर गाहा मगर (बंगलाचुली ८)
५) श्यामबहादुर रोका (राजपुर–६)
६) पुष्कर वली (राजपुर–७)
७) पहलवान चौधरी (राप्ती–२)
८) रिमबहादुर सुनारी मगर (राप्ती–९)
९) जंगबहादुर पुन मगर (शान्तिनगर–१)
स्वतन्त्र
सुनिल वली (शान्तिनग–२)