काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना वैशाख ३१ मा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन्।
राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ। पछिल्लाे मतपरिणामअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम राखेका छन्।
साहले ६ हजार ६९२ मत ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ५६२ मत ल्याएका छन्।
कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले ३ हजार १२६ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी छन्।
यसैगरी, राप्रपाबाट उम्मेदवार बनेका कलाकार मदनदास श्रेष्ठले ५२१ मत ल्याएका छन्।