केपी शर्मा ओलीको वडामा कांग्रेसको प्यानलै विजयी

बिएल संवाददाता

सूर्यविनायक

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो।

कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।

खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन्।

महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा ‘दाहाल’ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-16 07:27:00

प्रतिकृया दिनुहोस्