रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।
माओवादीका पुनीराज घर्ती ३ हजार ९१३ मतसहित विजयी भएका हुन्।
उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरले २ हजार ११३ मत पाएका छन्। एमालेका वागलाल बुढाले १ हजार ८५२ मत पाए।
उपाध्यक्षमा माओवादीकी भुपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर विजयी भएकी छन्। कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएकी छन्।