पाल्पाको तिनाउ गाउँपालिकामा गठबन्धनलाई पराजित गरेर नेकपा (एमाले)ले जित हासिल गरेको छ।
एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन्। ४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम प्रतिद्वन्द्वीका रूपमा रहँदै पराजित भएका छन्।
उपाध्यक्षमा भने गठबन्धनबाट कांग्रेसका लालबहादुर थापा विजयी भएका छन्।