सर्लाहीको लालबन्दीमा कांग्रेसको अग्रता, ३ र ४ वडामा कांग्रेस उम्मेदवार विजयी  

सर्लाहीको लालबन्दी नगरपालिकाको दुई वडामा नेपाली कांग्रेसका उमेद्वार प्यानलसहित विजयी भएका छन्।

लालबन्दी नगरपालिका वडा नम्बर ३ र ४ मा नेपाली कांगेसका उमेद्वार विजयी भएका हुन्। लालबन्दी नगरपालिका–३, मा नेपाली कांग्रेसका उमेद्वार बुद्ध देव चौधरी ४९७ मत सहित विजयी भएका हुन्। उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार योगेन्द्र चौधरीले ४७१ मतमात्र पाएर पराजित भए।

यस्तै लालबन्दी नगरपालिका–४, नम्बर वडामा पनि नेपाली कांग्रेसका उमेद्वार सत्य नारायण चौधरी ७८३ मत सहित विजयी भएका हुन्। उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार विजय प्रसाद घिमिरे ६७१ मत प्राप्त गरी पराजित भए। 

यस्तै लालबन्दी नगरपालिकामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ। मेयरका उमेद्वारमा कांग्रेसका बाशुदेव अधिकारी १८३२ मत सहित अग्र स्थानमा छन्। भने, १३६७ मत सहित दोस्रो स्थानमा माओवादी केन्द्रका प्रलाद बुडाथोकी र नेकपा एमालेका गोविन्द बहादुर महत १३५० मत सहित तेस्रो स्थानमा छन्। एसवी थापार

प्रकाशित मिति: : 2022-05-15 19:34:00

प्रतिकृया दिनुहोस्