भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अग्रता कायमै राखेकी छन्।
प्राप्त मतपरिणामअनुसार रेनुले २०३८ मत पाएकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १९९८ मत प्राप्त गरेका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले भने ६६१ मत पाएका छन्।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२४० मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १६०२ मत पाएकी छन्।