‘हनी बनी’मा जसिता अनुबन्धित

अभिनेता अनमोल केसीले चलचित्र ‘हनी बनी’ छाडेपछि उक्त चलचित्रको नायक नायिका नै परिवर्तन भएका छन्।

सो चलचित्रकी नायिका सारा सिल्पाली हटेपछि उनको ठाउँमा अर्की नायिका जसिता गुरुङलाई अनुबन्धित गरिएको छ। यस्तै, चलचित्रबाट अनमोल केसी गत साता बाहिरिएपछि यसमा भारतीय मोडल अभिमन्यु तोमर अनुबन्धित भएका छन्।

यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दै छन्। चलचित्रको छायांकन गत साताबाटै बेलायतबाट सुरु गरिने भएको थियो। तर, बेलायत जानका लागि अभिनेत्री सारा सिल्पालीको भिसा लागेन।

उनी छायांकनमा जान नसक्ने भएपछि निर्माण पक्षले उनको ठाउँमा अन्य नायिकालाई लिने जानकारी गरायो। सोही क्रममा अभिनेता अनमोलले पनि चलचित्रलाई आफूले न्याय दिन नसक्ने भन्दै फिल्म छाडे। 

फिल्मको नायकमा भारतीय मोडल अभिमन्यु तोमरलाई अनुबन्धित गरिएको छ। अभिनेत्री जसिता गुरुङ भने यो चलचित्रका लागि गत साता नै चयन भएकी हुन्।

प्रकाशित मिति: : 2022-05-15 15:16:00

प्रतिकृया दिनुहोस्