एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा

Break n Links
Break n Links

चर्चित गायिका एलिना चौहानले जिल्ला अदालत काठमाडौँमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

उनले वैवाहिक बन्धनमा बाँधिएको एकवर्ष नपुग्दै श्रीमान विष्णु सापकोटासँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी हुन्।

अदालत स्रोत भन्छ— श्रीमानसँग भावनात्मक सम्बन्ध भत्किएको, अस्ट्रेलियामा सँगै बस्दा कुटपिट गरेको, दिनदिनै शंका–उपशंका गरेको भन्दै मानाचामल र अंश हकदाबी छाेडेर एलिनाले ‘वारेस’ विष्णुप्रसाद खरेलमार्फत् सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्।

उनले गतवर्ष वैशाखमा बागलुङ घर भइ अस्ट्रेलिया बस्दैआएका युवक सापकोटासँग विवाह गरेकी थिइन्।

एक महिना अघिदेखि एलिना र सापकोटाबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेकाे थियो।

एलिनाले दायर गरेको फिराद पत्र-

प्रकाशित मिति: : 2025-01-31 16:55:00

प्रतिकृया दिनुहोस्