रूकुमको भुमे गाउँपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ।
गापाका वडा नं ९, ८ र ७ को मत परिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा माओवादी अग्र स्थानमा देखिएको हो।
माओवादीका उम्मेदवार होमप्रकाश श्रेष्ठ १६६४ मत लिएर अग्र स्थानमा छन् भने राष्ट्रिय जनमोर्चाले ४५ मत पाएका छन्।
त्यसैगरी मङगोल नेशनल अर्गनाइजेशनले हालसम्म जम्मा ४२ मत प्राप्त गरेको छ।
उपाध्यक्ष उम्मेदवार माओवादीका सबिना बुढाले १६४९ मत प्राप्त गरेकी छन् भने एमालेको उपाध्यक्षले २३१ मत प्राप्त गरेको छ।