बैतडीका १० स्थानीय तहमध्ये ६ मा एमाले, तीनमा कांग्रेस र एकमा माओवादीको अग्रता

File Photo
File Photo

१० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ।

कांग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ।

एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन्।

कांग्रेसले पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा अग्रता कायम राखेको छ।

डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानाले अग्रता हासिल गरेका छन्।

प्रकाशित मिति: : 2022-05-15 12:12:00

प्रतिकृया दिनुहोस्