साइपाल गाउँपालिका अध्यक्षमा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)ले जित हासिल गरेकाे छ।

एमालेका उम्मेदवार मानवीर बोहराले ६ सय ७५ मत ल्याएर विजयी भएका छन्। उनीसँग नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित हुन्।

उपाध्यक्षमा नेकपा एमालेकी डोल्मा तामाङले ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याएकी छन्।

वडा–१ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन्। वडा–२ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडा–३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। ४–वडामा गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन्। वडा–५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-15 09:54:00

प्रतिकृया दिनुहोस्