रसुवाको कालिका गाउँपालिका २ को मतपरिणाम सार्वजनिक भएको छ।
सार्वजनिक नतिजाअनुसार वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले ९ सय ७ मत ल्याएर विजयी भए।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले ७ सय ६६ मत ल्याए।
महिला सदस्यमा किप्पा थोक्रा, दलित महिला सदस्यमा लिला नगर्जी, खुला सदस्यमा किप्पा छिरिङ स्याङ्बा र शेर बहादुर ग्लान विजयी भएका छन्।
२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेले विजयी हासिल गरेको थियो।